suekhet
bheriad

भोलि ३ बजे सम्म विदेशी च्यानल बन्द ,,

lekabesi

असार ९ , काठमान्डौ – देशैभरका विदेशी च्यानल भोलि ३ बजे सम्मको लागि बन्द भएका छन् ।

सरकारले विदेशी च्यानलमा विज्ञापन देखाउन नपाईने व्यवस्था (क्लिन फिड) लागू गर्न खोजेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले नेपालमा प्रसारण हुने विदेशी च्यानल बन्द गरेका छन् ।

भोलि ३ बजे सम्म विदेशी च्यानल प्रशारण गरिएको केवल टिभी व्यवसायी महासंघ, इन्टरनेट सेवा प्रदायकहरुको संलग्नतामा गठन भएको इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले जनाएको छ ।

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विज्ञापन सम्बन्धी विधेयकमा क्लिन फिड लागू गर्ने र विदेशी विज्ञापनलाई डबिङ गरी नेपाली भाषामा प्रसारण गर्न नपाइने व्यवस्था राखिएको छ।

विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी क्लिन फिड लागू गर्न सक्ने विधेयकमा उल्लेख छ।

क्लिन फिड लागू भए नेपालमा प्रसारण हुने विदेशी च्यानल सञ्चालन गर्न नसकिने भन्दै आन्दोलनस्वरुप विदेशी च्यानल बन्द गरिएको देखिन्छ।

हाल नेपालमा प्रसारित च्यानलहरुमध्ये करिब ८५ प्रतिशत च्यानलहरु विदेशी छन् ।जुन नेपालिले अत्यधिक रुचाईएका च्यानल छन्।