विप्लवको बन्द मसाल जुलुस संगै ठाँउ ठाँउमा संकास्पद वस्तु फेला ,,

असार ९ , काठमान्डौ – भोलि १० गतेको बन्द आवाह्ना संगै नेत्र विक्रम चन्दले १० वटा जिल्लामा मसाल जलुस निकालेको छ।

विप्लव समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीद्वारा असार ५ गते हत्या भएको थियो ।

सो पार्टीका ब्युरो कार्यालयका सचिव श्रीजनका अनुसार सोमबार साँझ तेह्रथुमको १ स्थान म्याङ्लुङ र जिरि खिम्तिको बीचभाग, सुनसरीको इटहरी हलगाडा, धरानको पानमारा र बराहा नगरपालिकाको एक स्थानसहित ३ स्थानमा, मोरङ्गको पथरी, रंगेली, र सुन्दर हंरैचासहित ३ स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

lekbesi

त्यस्तै उनका अनुसार धनकुटाको १ स्थान, ताप्लेजुङको खेजिनिम र हेल्लोक, लामको फाकफोकथुम र सुर्योदय, उत्तरी मोरङ्गको १ स्थान, दक्षिणी इलामको १ स्थान, झापाको दमक, गौरादह, शिवसताक्षी, कमल, झापा, बिर्तामोड, हल्दिबारी, बार्हदशी, अर्जुनधारासहित ९ स्थान, पाँचथरको १ स्थानमा गरेर जम्मा २४ स्थानमा मशाल जुलुस निकालिएको छ ।

उनका अनुसार चौबिसै स्थानमा पार्टीका नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको उल्लेख्य र आक्रमक सहभागिता रहेको थियो । तेस्तै झापाको भद्रपुर नगरपालिकाको कार्यालय भित्र संकास्पद वस्तु फेला परेको छ ।

नगरपालिकाको मेयरको कार्य कक्ष चढने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु केहो भन्ने भने पत्ता लागेको छैन ।

अज्ञात समूहले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई फोन गरेर नगरपालिका कार्यालयमा शंकास्पद वस्तु राखिएको जानकारी दिएका थिय । जानकारी पाएलगतै उक्त स्थानमा प्रहरी टोलि पुगेको थियो पुगेपछि एउटा कालो ब्याग भेटिएको प्रहरीले जानकारी गरेको छ।

नगरपालिकाको कार्यालयमा शंकास्पद वस्तु फेला परेपछि बजार जाने सडक प्रहरीले अवरुद्ध गरेको छ ।सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विषयामा आज गृहमन्त्री थापा बादलले मुठभेडमा मारीएको भन्दै संसदमा जवाफ दिएका थिय ।

तर पार्टी भित्रका शिर्षनेताहरुले भने यो गलत भएको ठहर गर्दै हत्या भयको जिकिर गरेका छन् । उक्त घटनालाई लिएर विप्लव समूह आक्रोसित बनेको छ।