रुकुम चौरजहारी

वक्यौता रकम नतिरेको भन्दै फागुन २२ गत्ते बाट एयर एसिया उडान बन्द गरिने ,,

रुकुम आठ विसकोट

रंग दर्पण १६ फागुन -काठमाडौं : नेपाल नागरिक उड्डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मार्च ६ अर्थात् फागुन २२ गतेदेखि मलेसियन निजी एयरलाइन्स एयर एसियाको उडान बन्द गराउने भएको छ। मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बाँकी बक्यौता दाखिल नगरेपछि उडान बन्द गर्न लागिएको विमास्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरको भनाइ छ। एयर एसियाले पुस २४ गते गरेको फेब्रुअरी २८ भित्रमा बाँकी रहेको सबै बक्यौता रकम चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो।

प्रतिबद्धता अनुसार बाँकी बक्यौता दाखिला नगरेपछि उडान बन्द गर्न लागिएको ठाकुरले जानकारी दिए। प्राधिकरणले कार्यालयलाई तीन मार्चदेखि उडान बन्द गराउन सहमति दिएको थियो। तर, विमानस्थल कार्यालयले एयर एसियालाई थप तीन दिनको समय थप्दै मार्च ६ बाट उडान बन्द गराउन लागेको प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले बताए।

कार्यालयले होली तथा शनिबार लगातार परेको कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल र प्राधिकरणलाई सूचना गराउँदै उडान बन्द गरिने ठाकुरले अन्नपूर्णलाई बताए। एयर एसियाले विमानस्थल सेवा शुल्क वापतको झन्डै २० करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनु पर्नेछ। एयर एसियाले गत पुस २४ गते फेब्रुअरी २८ तारिक भित्र वक्यौता चुक्ता गर्ने प्रतिवद्धता गरेको छ।

लिखित प्रतिवद्धता अनुसार एयरलाइन्सले वक्यौता रकम नतिरेपछि विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० अनुसार उडान बन्द गराउँदै वक्यौता दाखिल गर्न लागेको ठाकुरले जानकारी दिए।