अर्थमन्त्री देखि सरकार प्रमुखलाई सांसद ठमर बिस्टको प्रश्न तपाईको स्वाद अनुसार बजेट हाल्न पाईन्छ हेर्नुहोस भिडियो ,,

असार ११ , काठमान्डौ – कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको बजेट विनियोजन गरेपछि सांसद ठमर बिस्टले कर्णाली प्रदेश सरकारका प्रमुखलाई कडा प्रश्न गरेका छन् ।

पर्यटन मन्त्रि र अर्थमन्त्रीले आफ्नो अगाडी देखिएको ढुँगापनि पर्यटन हुने र अन्यत्र शिलाजित हुँदापनि खुरापाती हुने भन्दै प्रश्न गरेका छन् ? यहिँ हो सन्तुलित बजेट भन्दै बिस्टले सरकार प्रमुखदेखि मन्त्रिहरुको ध्यान आकर्षण समेत गरेका हुन्।

प्रतिबेदनमा लेखिए अनुसार कर्णाली प्रदेशलाई सुन्दर सफा विकासोन्मुख हुनेगरी बजेट विनियोजन नगरेको भन्दै ठुलो रकम जति सरकारले राखेको तर विकासमा कम बजेट प्रस्तुत गरेपछि आफुले मान्य नहुनेपनी बिस्टले जिकिर गरेका छन्।

lekbesi

बजेटमा मात्र असन्तुलित नभई शिर्षकमा समेत सरकारले असन्तुलित गरेको भन्दै मन्त्रि केन्द्रित ,मुख्य नेतृत्व केन्द्रित वा प्रतिपक्ष्य केन्द्रित भएर बजेट आएको हुनाले यसमा गम्भीर आपति भयको बिस्टले बताए।

अर्थमन्त्रीले भूगोललाई ख्यालनगरी प्रदेश अन्तर्प्रदेश जोड्ने भनेपनि शिर्षकमा गाँउपालिका जोड्ने र जिल्ला जोड्ने भन्दै लेखिएकोमा समेत बिस्टले असन्तुस्टी जनाएका हुन् ।

मेहलकुना बडाखोली सल्यान हुँदै खड्कबार जोड्ने सडकमा बजेटमा सरकारको ध्यानआकर्षण गर्दै जुन बाटोले प्रदेश न ५ लाई छुनेपनि सांसद बिस्टले जानकारी गरे ।

पर्यटनमन्त्रिको कर्यकक्षमा बसेर २४ ओटा क्षेत्रमा एक एकओटा पर्यटन माग गरेपनि ३ दर्जन पर्यटन क्षेत्रपर्दा समेत आफ्नो क्षेत्रलाई मरभुमीमा राखीएको बिस्टले असन्तुस्ट पोखे ।

नेपालकै नँया गुफा मलारानीमा फेला परेको जँहा अहिले समकै बढी २ हजार मान्छे रहने सक्ने भएको हुनाले तेता तिरपानी सरकारलाई ध्यानाकर्षण हुन उनले निर्देशन गरे।

चार अरबले रामायण , महाभारत बाईबल बनाउने बजेटले कर्णालीलाई स्मार्ट सिटि बनाउन समेत सपना नदेख्न अर्थमन्त्रीलाई बिस्टको प्रश्न छ। संकट ग्रस्त क्षेत्र घोसित भएको सुर्खेतमा सडक र पानिमा कम्तिमा १ अरब बजेट छुट्याउने र निर्वाचन कोषको वेव्स्था गर्न पनि बिस्टको माग छ ।

मुख्यमन्त्री , अर्थमन्त्री मिलेर बजेटलाई सन्तुलित बनाउन पर्ने अन्यथा यसको जिम्मेवार कठघरामा उभिनपर्ने र आफ्नो भागमा आउने बजेटको प्रतिक्षामा रहेको भन्दै बिस्टले कडा चुनौती दिएका हुन्। सांसद बिस्टको यो प्रश्नले कर्णाली प्रदेशका जनताले समर्थन गरेका छन् ।

कर्णालीमा पनि एकजना सांसद रैछन् भन्ने लाग्याे । जसले आफ्नाे भूमिका निर्वाह गरे ।

Gepostet von Khem Raj Wali am Mittwoch, 26. Juni 2019