कोरियोग्राफी दिलिप ओखेडाको जन्मदिनमा नायक रमित ढुंगानाले गीतबाटै दिए आशिर्वाद,हेर्नुहोस फोटोफिचर र भिडियो रंग दर्पण ,,

असार १२ ,काठमान्डौ – बलिउड डान्स मोसनसका संचालक साथै कोरियोग्राफी दिलिप ओखेडाले आज आफ्नो ३१ सौ जन्मदिन मनाएका छन् ।

जन्मदिन संगै दिलीपले आफ्नो बलिउड डान्स मोसनको तेश्रो वार्षिक उत्सबपनि मनाएका हुन्। काठमान्डौको डिल्लीबजारमा बलिउड डान्स मोसन संचालन गर्दै आएका ओखेडाले बलिउड देखि हलिउड सम्म कामगर्दै आएका छन्।

करिब २ हजार जनालाई डान्स सिकाउदै गरिरहेका दिलिपले चाबेलमा पनि बलिउड डान्स मोसनको शाखा संचालन गरेका छन् ।

lekbesi

दिलिपको जन्मदिन र बलिउड डान्स मोशनको वार्षिक उत्सवमा नेपालका चर्चित कलाकार देखि उच्च स्तरका बिशिस्ट ब्याक्तित्व पत्रकार हरुले उनलाई सुभकामना दिएका छन् ।

चर्चित नायक रमित ढुंगानाले दिलिपलाई जनामदिन्को सुभकामना दिदै अझै प्रगतिको कामना सहित हरपल साथ् सपोर्ट दिने जानकारी गरेका थिए ।

रमित र दिलिपको सम्बन्ध भारतको मुम्बई बाट सुरु भएको र अहिले नेपालमा पनि रहने साथै आउँदा दिनमा संगै चलचित्रमा कामगर्ने समेत ब्यक्त गरे।

नेपालि पब्लिकका सम्पादक धनराज वास्तविकले कमलको फुललाई सबैले मनपराउने भएको हुनाले दिलिपलाई सबैले मनपराउने गर्दछन ।दिलिप आफ्नो लागि नभएर अरुकोलागि नेपालमा संघर्स गरिरहेको वताए ।

कार्यक्रमलाई अनौपचारीक ढंगले सुरुवात गर्दै चर्चित लोकगायक धनराज चुनाराले दिलिपलाई मनैदेखि सुभकामना दिनुका साथै मिठो स्वरमा गीत गाएर सबैलाई मनोरंजन गराए ।

कार्यक्रममा सबैले आ -आफ्नो मन्तब्य ब्यक्त समेत गरेका थिए। बहुप्रतीभा शालिमा अनुभव रहेका दिलिपले थुप्रै गीतमा अभिनय र कोरियोग्राफी गरेका छन् ।

चलचित्र सय कडा दशको गीत दाईलाई कुरा लाईदिने सातो खाईदिनि बोलको गीतले बजारमा सबैको मनजितेको छ ।जसलाई दिलीपले कोरिओग्राफ़ि गरेका हुन्।

नेपालका चर्चित कलाकार नायक नायिका तथा हास्यव्यंग्य कलाकार संग काम गरिसकेका दिलीपले बलिउडमा सिकेको प्रतिभालाई नेपालमा पनि तेही तवरले डान्स सिकाईरहेका छन् ।जन्मदिनको सुभकामना छ रंग दर्पणको तर्फबाट दिलिप जीलाई।