suekhet
bheriad

भद्रकालीमा युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ ,,

lekabesi

असार,१३ काठमाडौं – भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् ।काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।

भ्र्द्रकाली मन्दिरमा एक साताअघि उनले सर्वसाधारणको भिडका बीच युवतीलाई यातना दिएकी थिइन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

ठुलो भिंडको बीचमा एक युवतीलाई उनले यातना दिदापनि नजिक रहेका सुरक्षा कर्मी र दर्शकहरु मुख दर्शक बेनाका थिए उक्त घटना सामाजिक संजालमा भाईरल भएपछि सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो ।

प्रहरीले मातालाई पक्राउ गरेपनि हालसम्म पिडितलाई भने भेटेको छैन ।पिडितको घर नाम कँहा हो थाह छैन पिडितलाई हामि उजुरी दिन आग्रह गर्दछौ प्रहरीले भने।