रुकुम चौरजहारी

यो वर्षको धान दिवस मनाउन बर्दियामा पुगे मन्त्रिसहितको टोलि ,,

रुकुम आठ विसकोट

असार १५ , काठमान्डौ – किसानले मानो छरेर मुरी फलाउने दिन आज धान दिवस हो ।तर वर्षाका कारण भने धेरै ठाँउमा धान रोपाई सुरु हुनसकेको छैन।

यो वर्षको १६ औ धान दिवस कार्यक्रम सरकारले बर्दियाको राजापुर नगरपालिका-८, मनाउने घोसना गरेको छ ।तर बर्दियामा भने वर्षाका कारण धानको ब्याड उम्रन नपाउदा किसान चिन्तित छन् ।

कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगिसकेको छ ।

सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्षसमेत रहेका महानिर्देशक पौडेलले धान खेतीमा यान्त्रिकीकरणबाट उत्पादकत्वसमेत करिब १५ प्रतिशतले वृद्धि हुने देखिएकाले आगामी दिनहरुमा धानखेतीको प्रवर्द्धनका लागि वैज्ञानिक यान्त्रिकीकरणलाई बढावा दिनु आवश्यक रहेको बताए ।

नेपाल कृषि अनुसन्धान परिषदबाट धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भौगोलिक परिवेशअनुसार विभिन्न जात एवं उन्नत प्रविधिहरु सिफारिस भएता पनि उक्त प्रविधिहरु कृषकमाझ अपेक्षाकृत रुपमा पुग्न सकेको पाइँदैन ।

यसर्थ, धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधि प्रसार र यान्त्रिकीकरणलाई सँगसँगै लैजानु आजको आवश्यकता हो ।

उनले भने बाँकेको मुख्यबाली धान भए पनि सिँचाइको पर्याप्त सुविधा नभएपछि अधिकांस आकासेपानीको भरपर्ने हुन्छ असारको पहिलो हप्ता ब्याड राखेपनि १५ सम्म धान रोप्ने कुनै सुरु सार छैन।

४० डिग्रीको तापक्रममा ब्याड उम्रिन पाको छैन बाँकेका केहि सिमित क्षेत्रमा बोरिङ्गको पानीबाट धान खेति गर्ने गरिन्छ बाँकेमा करिब ३६ हजार ५०० हेक्टर खेतीयोग्य जमिनमा धान खेति गरिन्छ।

हालसम्म नेपालभर जम्मा ११.६४ प्रतिशत मात्र रोपाइँ भएको छ । अन्नको भण्डार मानिने तराईमा जम्मा ९.५९ प्रतिशत मात्र रोपाइँ भएको छ ।