suekhet
bheriad

विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त, घटनास्थलमा थप सुरक्षाकर्मी पठाईयो ,,

lekabesi

असार १६ ,काठमान्डौ – नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच संखुवासभामा गोली हानाहान भएको छ ।

संखुवासभाको सिलिचुङ गाउँपालिका,१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि भिडन्त हुन पुगेको थियो ।

दुवैपक्षतिर क्षति नभएको जानकारी हुन आएको छ ।त्यसक्षेत्रमा विप्लव समूहले गतिविधि बढाएको आशंकामा प्रहरीले सक्रियता बढाएको थियो ।

घटना भएको खबर पाएलगतै प्रहरी स्रोतले नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरेको छ ।

यता सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पनि २५ जनाको टोली खटाइएको छ । केहिदिन अगाडी विप्लव नेता सर्लाही ईन्चार्ज प्रहरीद्वारा मारीएपछि विप्लव समूह आक्रामक देखिएको छ ।