समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तिन जनालाई कर्तब्य ज्यान मुद्दा दायर ,,
असार १७ , काठमान्डौ – बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।
गत असार ३ गते रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।संचालकहरुले तामाङलाई आत्महत्या गर्न बाध्य परेको समेत खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित अस्पतालकै कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो ।
अस्पतालभित्रै आत्महत्या गरेकी तामाङको साथबाट कला अधिकारीसहित केही कर्मचारीको नाम उल्लेख गरिएको सुसाइड नोट भेटिएको थियो ।कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो भने तेस्रो अक्षर ‘म्याम’ थियो । सो सुसाइड नोटको कागजलाई परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।
पाटोमा अनुसन्धान आवश्यक देखिएकाले कर्तव्य ज्यानमुद्दा चलाइएको परिसरका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
सुसाइड नोटमा नाम उल्लेख गरिएको कारण आत्महत्या गर्न बाध्य पारिएको हो,होइन त्यो पाटोमा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भएको परिसरले जनाएको छ ।
तामाङले आत्महत्या गरेपछि आक्रोशित स्थानीय र तामाङको आफन्तलले अस्तालमा तोडफोड र नाराबाजी समेत गरेका थिए । तामाङको परिवारले भने आत्महत्या नभएको दाबी गर्दै आएको छ ।
तामाङको शव पोस्टमार्टमको रिपोर्ट पनि आइसकेको छ । आत्महत्या गर्न बाध्य दुरुत्साहन गरेको प्रमाणित भए मुलुकी फौजदारी संहितामा कर्तव्य ज्यानमुद्दा चल्छ र प्रमाणित भए पाँच वर्ष सजाय हुने व्यवस्था छ ।