बोक्सी भन्दै महिलामाथि कुटपिट ,,

असार १७ ,सप्तरी – सप्तरीमा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट भएको छ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ वर्षीया जशोधियादेवी यादवमाथि प्रहरी हवल्दार कमलदेव यादवले आफूमाथि कुटपिट गरेको पत्रकार सम्मेलन गरि बताएकि छिन ।

उनले सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी गरेकी हुन् । हवल्दार काठमान्डौमा कार्यरत रहेको र घरमा पुगेको बेला जशोधियादेवी माथि कुटपिट गर्नेगरेको खुलासा खुलेको हो ।

पिडित र पीडकबीच काकी भतिजीको नाता रहेको तर हवल्दार कमलदेवले पटक पटक बोक्सीको आरोप लगाउदै कुटपिट गरेको पत्रकार सम्मेलनमा बताएकि हुन् । पछिल्लो पटक शनिबार कुटपिट गरिरहँदा मलाई बचाउन आएकी छोरीलाई समेत कुटपिट गरे उनले भनिन ।

उनको शरीरको आँखा नजिकपनि कुटपिट गरिएको निलडाम स्पस्ट देख्न सकिन्छ । कुटपिटविरुद्द कमलदेवलाई उजुरीगर्न जाँदा प्रहरीले निवेदन दर्ता गर्न नमानेको समेत जशोधियादेवीले सम्मेलनमा बताएकि छिन।

अहिले भने जिल्ला प्रहरी कार्यालय, सप्तरीका डिएसपी भावेश रिमालले भने घटनाको छानबिन भइरहेको बताएका छन् । साथै दुवै पक्षलाइ बोलाईएको पनि उनले जानकारी गरेका हुन् । तराईका विभिन्न ठाँउमा बोक्सी ,दाईजोप्रथा , जातिय ,धारमा जस्ता कुरामा बारम बार हिँसा हुने गरेको पाईन्छ।