आईफा अवार्डले नेपालमा घाटा कि नाफा सबैको आ आफ्नो तर्क ,,
असार,१७ काठमाडौं – आईफा अवार्ड रोक्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । मंगलबार समतिको बैठक बस्दै आईफा अवार्ड प्रक्रिया रोक्न सरकारलाई समितिले निर्देशन गरेको हो।
‘सरकारले सम्झौता त गरेको छैन तर, मस्यौदा हेर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने भएकाले यो अवार्ड तुरन्त रोक्न निर्देशन दिएका हौं’ समितिकी सभापति पवित्रा निरौला खरेलले बताईन ।
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा),१९ को नेपालमा गर्न सरकारले सैद्धान्तिक सहमति दिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा हुने आईफा अवार्डमा काठमाडौं महानगपालिका सहआयोजक बसेको छ र महानगरले ४५ करोड दिने समझदारी छ ।
आईफा अवार्डले नेपालमा घाटा हुन्छ वा नाफा भन्ने विषयमा भने चर्को आलोचना देखिएको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले भने आइफामा घाटाको ब्यापार नगर्ने जानकारी गरेका छन्।