आईफा अवार्ड बाट सरकार पछि हट्यो ,,
असार १८ काठमाडौँ – नेपालमा हुन लागेको आईफा अवार्ड बाट सरकार पछि हटेको छ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले काठमाडौंमा आईफा अवार्ड नहुने जानकारी गरेका हुन् ।
मंगलबार बसेको संसदीय समितिलेपनि अवार्ड नगर्न निर्देशन दिईसकेकोले आईफा अवार्ड नेपालमा नहुने स्पष्ट पारेका हुन् ।
आईफा अवार्ड गर्नका लागि काठमाडौं महानगर पालिकाले ४४ करोड रुपैयाँ दिन लागेको सार्वजनिक भएसँगै यसको चौतर्फी विरोध सुरु भएको थियो ।
संसदीय समितिको यस्तो निर्णय पछि थप निर्णय भने पर्यटन मन्त्रालयले गर्दछ। साथै यसको लागि आज दिउँसो छलफल मिटिङ् बस्ने रंग दर्पणलाई जानकारी भएको हो ।आईफा अवार्डबाट नेपाललाई के नाफा हुन्छ भन्नुनै सबैको मुख्य प्रश्न हो।