पेस्तोल देखाएर सुन चाँदी सहित १५ लाख चोरी ,,

असार १९ ,जनकपुर – मधेशका विभन्न जिल्लामा चोरी डकैति बढ्दो क्रममा देखिन्छ। तेस्तै गएराति महोत्तरीको बर्दिवासमा नगरपालिकास्थित प्रेमनगरमा डकैती गर्दा एकजना पक्राउ परेका छन्।

दर्जनौको समुहले सुन चाँदी नगद गरि १५ लाखभन्दा बढीको माल सामान लगेर फरार हुँदै गर्दा ४० वर्षीय देवनरायण कापड पक्राउ परेको प्रहरीले जानकारी गरेको हो ।

सर्लाहीको चन्द्रपुर नगरपालिका घर भएका ४० वर्षीय देवनरायण कापड पक्राउ परेको र स्थानीयको कुटाइबाट उनी गम्भीर घाइते भएको डीएसपी बुढाथोकीले बताए ।

बुधबार राती ठुलो समूहमा आएका डाका हरुले बर्दिबास नगरपालिकाको ७ बस्ने रामसुनर महतो र वडा नम्बर ६ बस्ने चन्देश्वर महतोको घरमा डकैती गरेको थियो । डाका कापडको साथबाट एक थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

घाइते डाकाको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा भइरहेको बताइएको छ । डाका र स्थानियबीच नजिकै रहेको बडहडी खोलामा गाउँलेहरुसँग दोहरो भिडन्त समेत भएको थियो ।

डाकाहरुको प्रतिकार गर्ने क्रममा उनीहरुले घर परिवारका ५ जनालाई कुटेर घाइते बनाएको प्रहरीले बताएको छ ।पक्राउ परेका उनलाई अनुसन्धान भईरहेको र अन्य ब्याक्तिलाई पनि पक्राउ गर्न सकिने प्रहरीको दाबि छ।