suekhet
bheriad

वडा सदस्यमाथि गोली प्रहार ,,

lekabesi

असार १९ ,धादिङ – बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनले आरोप लगाएका छ्न् ।

टाउको गोलि लागेर गम्भीर भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ । गोठीभञ्जयाङस्थित बुधबार राति आफ्नै घरमा खाना खाईरहेको अवस्थामा उनलाई गोलि हानिएको थियो ।

बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा गोली हानेको हुन सक्ने परिवारजनले बताएका छ्न् ।

२ महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई इन्द्रले बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार थिय ।

इन्द्रले नै २ नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।