राजधानीमा जताततै नक्कली स्मार्ट लाइसेन्स चार जना पक्राउ ,,
असार १९ , काठमान्डौ – नक्कली साईसेन्स बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।,महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापका मुनालकुमार मोक्तान, सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी छन् । उनीहरुले प्रतिव्यक्ति ६० देखि ७० हजार रुपैयाँसम्म लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको खुलेको छ ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा लाइसेन्समा कैफियत देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
पक्राउ परेका हरुले फोटोकपी पशल राखेर यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स बनाइदिने भनेर नक्कली सवारी चालक अनुमती पत्र तयार पार्ने गरेका पत्ता लागेको हो ।
उनीहरुबाट मोटरसाइकलदेखि हेभी गाडीको लाइसेन्स समेत बनाएको देखियो ।यातायात व्यवस्था कार्यालयको ६० वटा नगदी रसिद पनि बरामद भएको छ ।हाल सम्म उनीहरुले धेरै यस्ता नक्कली स्मार्ट लाईसेन्स दिएको समेत अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका हरुलाई सरकारी कागजात कीर्ते गरेको कसुर अनुसार म्याद थपि अनुसन्धान भईरहेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।