Simta
Gurvakot
Gurvakot

रिक्त पदमा नाम दर्ता गराउन निर्वाचन आयोगको सुचना ,,

असार १९ , काठमान्डौ – विभन्न कारणले रिक्त रहेका पदहरुमा उपनिर्वाचन गर्न मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आयोगले अनुरोध गरेको छ ।

जसको लागि आवश्यक तयारि भईरहेको पनि निर्वाचन आयोगका शंकरप्रसाद खरेलले जानकारी गरेका हुन् ।

Simta

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य –१, प्रदेश सभा सदस्य –३, स्थानीय तह अन्तर्गत गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष– ४, नगरपालिकाका प्रमुख– १ र नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष– ३८ गरी कूल ४७ पदहरू हालसम्म रिक्त भएका छन् ।

lekbesi

आयोगले हाल ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा तोकिएका ईलाका प्रशासन कार्यालयबाट मतदाता दर्ताको कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

सरकारको आर्थिक वर्ष २०७६ / ०७७ को नीति तथा कार्यक्रममा यसै आर्थिक वर्षमा उपनिर्वाचनका कामहरू सम्पन्न गरिने उल्लेख भएअनुसार आयोगले आवश्यक आन्तरिक तयारीको कार्य गरिरहेको छ।