suekhet
bheriad

अर्घाखाँची जीप दुर्घटना उकालो चड्न नसक्दा ब्याक भएर खोलामा पुग्यो प्रतक्ष्यदर्शि

lekabesi

असार १९ , काठमान्डौ – अर्घाखाँचीको सुपादेउराली नजिकै जिप दुर्घटना भएको छ । कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जिप दुर्घटना भएको हो ।

सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा जिप पल्टिएर खोलामा पुगेको हो । ११ जना सवार रहेको जिपका ३ जनाको मृत्यु भैसकेको प्रहरीले पुष्टी गरेको छ ।

गाडी उकालोमा चड्न नसक्दा एक्कासि ब्याक भएको र पल्टिएर खोलामा पुगेको प्रत्यक्षदर्शीकाे भनाइ छ । घटनास्थलमा प्रहरी पुगेको तर गाडी खोलामा पुगेकाले उद्दारकार्यमा कठिनाई भएको प्रहरीले बताएको छ ।

मृतक मध्ये जीपका चालक एवं जीपधनी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ घर भइ कपिलवस्तुको शिवपुर बस्ने ५० वषर्ीय सुमन्त भुसाल र अर्घाखाँची मालारानी गाउपालिका ३ का ३५ वषर्ीय रुद्रप्रसाद भुसाल रहेका छन् । अर्का अन्दाजी ४५ वर्षीय तराई मूलका व्यक्तिको नाम ठेगाना भने खुलेको छैन ।