बिमा रकमको लोभमा ४ वर्षीय बालकको हत्या गरे बाबुले ,,

असार २० ,रौतहट- हत्या हिँसा , लुटपाट बलात्कार ,दाईजो प्रथा सबै भन्दा बढी हुने जिल्लामा गनिन्छन तराईका जिल्लाहरु हिजोमात्र जनकपुरमा पेस्तोल्देखाएर १५ लाख चोरी गरेको घटना बाहिरिएको थियो ।

खुल्ला सिमानामा आवतजावतले गर्दापनि तराईका जिल्ला असुरक्षित भएको आकलन छ ।, मानिसको जिबनमा ज्यान हैन पैसा महत्वपुर्ण हो भन्ने दिमागमा चल्यो भने विभिन्न किसिमका खेल उरु हुने गर्दछन , ।

तेस्तै तराईमा अर्को घटना घटेको छ, बिमा गर्दा ब्याक्तिको मृतुपछि दोब्बर रकम पाईन्छ भन्ने बुझेपछि आफ्नै बाबुले आफ्नै ४ वर्षीय छोरीको हत्या गरेको छ ।

रौतहटको मौलापुर नगरपालिका,६, पथरा बुधरामका रामकिशोर राय यादवले आफ्नै ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हो । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो ।

आमा संगै सुतेकी छोरी हराएपछि संका लागेर बाबुलाई प्रहरीले नियन्त्रणमा लियो र सोधपुछ गर्दा सबैको होस् उड्यो ,जसको कारण खुल्यो बिमा रकम जसले ब्याक्तिको मृतुपश्चात दोब्बर रकम उपलब्ध गराउछ।

यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा मात्र छोरीको २५ लाखको जीवन बीमा गराएका थिय । हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेका छन् ।यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जानकारी गरेको छ ।