suekhet
bheriad

नेपालमा अईफा अवार्डको इभेन्ट भएरै छाड्छ’ कानुनमन्त्री ढकाल ,,

lekabesi

असार २० ,विराटनगर -आइफा अवार्ड नेपालमा ईभेन्ट गराएर छोड्ने कानून न्याय तथा संसदीय मन्त्री भानुभक्त ढकालले बताएका छन्।

काठमाडौंमा हुने भनिएको भारतीय फिल्म अवार्ड ‘आईफा’ इभेन्ट भएरै छाड्ने उनको दाबि छ । मन्त्री ढकालले शुक्रबार मोरङ व्यापार संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा भने आइफा नहुने भन्नेबारेमा सरकारलाई केहीपनि जानकारी छैन ।

आईफा इभेन्ट सरकारले आयोजना गर्ने होइन । आयोजना गर्ने अर्कै संस्था छ,’ उनले भने, ‘आईफा इभेन्ट नगर्ने विषयमा सरकार पछि हटिसकेको छैन र इभेन्ट भएरै छाड्छ ।

अईफा अवार्ड नेपालमा गरेर नेपालीलाई कुनै तर्फबाट पनि फाईदा जनक नभएको सबैको तर्क छ ।

अहिले सम्म नेपालमा कुनै पनि अवार्ड नहुने राज्यले संगीत र फ्लिमी अवार्ड गर्न नसक्ने तर भारतीलाई बोलाएर अवार्ड गर्नपर्ने कुनै जरुरि नरहेको राजनीति देखि पर्यटन ,संसदमा यसको विरोध छ ।

बुधबार बसेको संसदीय बैठमापनि स्वाधिनता, स्वतन्त्रता र अस्मिताविरोधी रहेको निष्कर्ष निकाल्दै आईफा इभेन्ट रोक्नेबारे समितिले मन्त्रिपरिषद् र पर्यटन मन्त्रालयलाई पत्र पठाएको थियो । अईफा अवार्ड गर्दा कम्तिमा १ अर्ब भन्दा बढी रकम लाग्ने देखिएको छ ।

त्यसै मन्त्री ढकालले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर सञ्चार विधेयक पास हुने पनि बताएका छन् । सरकार र सरोकारवाला पक्षसँग त्यसबारे छलफल भइरहेको बताउँदै उनले दुई पक्षले संशोधन गर्नुपर्ने विषयको टुंगोगो लगाएपछि संशोधन सहित सञ्चार विधेयक पारित हुने स्पष्ट गरे ।

विगतमा कानून र विधेयक बनाउँदा चार तारे होटलमा बस्ने र विज्ञ भनाउँदाहरुले ठेक्का लिएर बनाएका विधेयक विवादित नभएको दाबी गरे

त्यतिखेर विधेयक बनाउँदा मुहानमै चलखेल र बाह्य पक्षको हस्तक्षेप हुँदा काहिँबाट विरोध हुँदैन थियो,यसपालि विगतका परम्परालाई सरकारले तोड्दै तारे होटलमा नबसी एनजीओको चलखेल र बाह्य हस्तक्षेप हुन नदिई सिधैं संसदमा विधेयक पुर्‍याउँदा विरोध खेप्नु पर्‍यो ।ढकालले भने, ‘।