कमेडी च्याम्पियन शो सुरु हुँदै, उत्क्रिस्ट हुनेलाई ५० लाख पुरस्कार ,,
नेपालमा विभिन्न रियालिटि शो प्रशारण हुनेक्रममा अब कमेडी शो ले पनि प्राथामिकता पाउने भएको छ ।
गाइजात्राको छेको पारेर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुन लागेको शोको नाम ‘कमेडी च्याम्पियन’ राखिएको छ भने कमेडी शोलाई थ्री प्रोडक्शनले निर्माण गर्नछ ।
यो शोमा हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र निर्देशक प्रदिप भट्टराई निर्णायकको रुपमा रहनेछन् । शोको अडिसनको तयारी भईरहेको कमेडी च्याम्पीएन शोका निर्देशक बिशाल भण्डारीले बताए यो शोलाई नायिका रीमा विश्वकर्माले होस्ट गर्नेछिन् ।
सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रुपमा केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया छन् ।नायिका तथा निर्मात्री केकी अधिकारीले कसैलाई पनि मानहानी नगर्ने गरि शो तयार गरिने बताइन् ।
निर्णायक सन्तोष पन्तले आफूहरुको पालामा भन्दा अहिले कमेडी सेन्स भएका दर्शक र कलाकार बढेको सुनाए ।
निर्देशक भण्डारीलेका अनुसार‘यो कुनै विदेशी रियालिटी शोको फ्रेन्चाइज भने होइन । यसमा सहभागी हुनका लागि कमेडी च्याम्पिएनको एप्स डाउनलोड गरेर नेपालबाट सहभागी हुनेले सम्पादन नगरिएको ३ मिनेटको भिडियो र विदेशबाट सहभागी हुन चाहनेले ५ मिनेटको भिडियो आयोजक पक्षलाई पठाउनुपर्नेछ ।
यीनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा हुने कमेडी च्याम्पियनसिपको अडिसनमा सहभागीता जनाउन पाउनेछन् ।’
अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतारिने आयोजकले बताएको छ । विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ ।