suekhet
bheriad

अपाङ्गता भएका व्यक्तिहरुलाई छाता र टर्च बितरण ,,

lekabesi

असार २१ नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई गणेशमान प्राथमिक विद्यालय केवलपुर रेतामा छाता र टर्च बितरण गरिएको छ ।

प्रतापपुर गागपालिकाको सहयोग र श्री जन जागृति अपाङ्ग संस्था( सिबिआर नेटवर्क)नवलपरासीको आयोजनामा छाता र टर्च बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

अपांग भएकाहरुलाई दया माया हाेईन हकहित र अवसर दिनुपर्ने तथा आय आर्जनको लागि विभिन्न प्रकारको सिपमूलक तालिमको लागि गाउपालिकाले पुर्ण रुपमा सहयाेग गर्नेे गाउपालिका अध्यक्ष राजकुमार शर्माले बताउनु भयाे ।

शिक्षाबाट बंचित भएका गरीबका छोराछोरीलाई किताब कापीकलम झोला अगामी आर्थिक बर्ष देखि बितरण गर्ने अध्यक्ष शर्माले बताए ।

कार्यक्रममा जागृति अपाङ्ग संस्था(सिबिआर नेटवर्क) नवलपरासीको अध्यक्ष बच्चा राजभरको अध्यक्षता, प्रतापपुर गाउँपालिकाको अध्यक्ष राजकुमार शर्मा प्रमुख अथित्यता र विशेष अतिथिमा वडा नं.-६ वडाध्यक्ष रामहरी उपाध्याय, वडा नं.-८ का वडाध्यक्ष कादिर अन्सारी, अतिथि गणेशमान प्राथमिक विद्यालयका प्रधानाध्यापक रजवन्ति गुप्ता पत्रकार लगायतको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा ५० जना अपाङ्गता भएकालाई छाता र टर्च बितरण गरिएको जन जागृति अपाङ्ग संस्थाका अध्यक्ष बच्चा राजभरले जानकारी गराए ।

अंगद यादव,

नवलपरासी पश्चिम ,,