नाचघरमा भोलि रास्ट्रीय खुल्ला दोहोरि प्रतियोगिता हुने,रंग दर्पण ,

असार २१ , काठमान्डौ – रास्ट्रिय लोक तथा दोहोरिगीत प्रतिस्ठान नेपालले संयुक्त रुपमा रास्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता २०७६ गर्ने भएको छ।

भोलि २२ गते देखि २५ गते सम्म रास्ट्रीय नाच घर जमलमा ११ : ३० बजेबाट रास्ट्रीय लोक खुल्ला दोहोरि प्रतियोगिता सुरु हुनलागेको सर्जक रमेश बिजीले रंग दर्पणलाई जानकारी गरेका हुन् ।

कार्यक्रमलाई चर्चित गायक सर्जक नारायण रायमाझिले दिप प्रज्वलनगरि शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

lekbesi

भने नाच घर भरिभराउ गर्ने कार्यक्रम पुरा भएको राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता २०७६ सांस्कृतिक संस्थानका आदरणीय महाप्रवन्धक राजेश थापा र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका आदरणीय अध्यक्ष बद्रीपंगेनीले बताए ।

राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिको जिम्मा आफुमा सुम्पेको जिम्मेवारी वहन गर्ने पनि रमेश बिजीले जानकारी गरे। प्रतियोगी समूहहरु प्रत्क्षउपस्थिति भई गोला प्रथाबाट कार्यक्रम शुरु हुने छ ।

प्रतियोगितालाई तालिकाबाट प्रारम्भ गर्नलागेको रमेश बिजिले बताए ।समूह क र समूह ख गरि २८ वटा समुह कार्यक्रममा भागलिने छन् ।

मौलिक लोकदोहोरि संस्कृतिको संरक्षणका लागि प्रतेक वर्ष प्रतिष्ठानले रास्ट्रीय खुल्ला लोक दोहोरि गर्दै आएको छ ।गत वर्ष भन्दा अलि फरक ढंगले कार्यक्रम संचालन हुने रमेश बिजिले बताए ।