विप्लव समूहका सर्लाही इन्चार्ज पौडेलको पोष्टमार्टम रिपोर्ट अहिले सम्म परिवारले पाएनन ,,
असार २१ ,सर्लाही- सर्लाही जिल्लमा प्रहरी द्वारा मारीएका विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारले अझै कुमारको पोस्टमापन रिपोर्ट पाएका छैनन् ।
गत असार ५ गते पौडेलको मृत्यु भएको थियो प्रहरीको दोहोरो भिडन्तमा पौडेलको मृतु भएको गृहमन्त्रालायले जानकारी गरेपनि परिवार र स्थानियले प्रतक्षय घटनाको छानबिन हुनपर्ने जानकारी गरेका थिय।
आफ्ना साथीलाई कुरेर बसिरहेको बेला प्रहरीले पौडेललाई पक्राउ गरि हात र टाउकोमा गोलि हानि हत्या गरेको विप्लव समुहको दाबि छ।
पौडेल घटनाको बारेमा मानब अधिकार लगायत नेकपाका नेताले संसदमा पारदर्शी स्पस्ट छानबिनको माग गरेका छन् । पौडेलको परिवारसँग पत्रकार तथा मानवअधिकारकर्मीको टोलीले भेटघाट तथा छलफल गरेको छ ।
जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्ट,अधिकारकर्मी रोहित पौडेलको अगुवाईमा पुगेको पत्रकार र मानवअधिकारकर्मीको टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै घटनाबारे स्थानीयवासी र परिवारसँग छलफल गरेको हो ।
कुमारका ७२ वर्षीय बुवा खिलकराज पौडेलले आफ्नो छोरालाई प्रहरीले पक्राउ गरेर हत्या गरेर भिडन्तमा मृत्यु भएको गलत हल्ला फैलाएको आरोप लगाए ।जनविरोधी र भष्ट्रचारीहरु मिलेर मेरो छोराको हत्या गरिएको छ ।
आज मेरो छोरा मात्र नभई देश र जनताको लागि केहि गर्छु भन्ने एक गरिब किसानको छोरा मेरो को छ । मेरो छोराको प्रहरीले अपहरण पछि हत्या गरेर भिडन्तको बिल्ला बिराएको छ, यो गलत हो उनले भने ।
तेस्तै कुमारका भाई हरिकृष्ण पौडेलले पनि आफ्ना दाईको अपहरण पछि हत्या गरिएको हुनाले अहिले सम्म पोष्टमार्टम रिपोर्ट दिन आल्टेल गरेको बताए । जिल्ला अस्पताल सर्लाहीले अझै पोष्टमार्टमको रिपोर्ट नदिँदा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, एभोकेसी फोरमले अन्तिम रिपोर्ट सार्वजनिक गर्न सकेका छैनन् ।
पौडेलका परिवारले सरकारको दबावमा अस्पतालले पोष्टमार्टम रिपोर्ट गलत बनाउन सक्ने भन्दै सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । घटनाको भएको दिन स्थानिबासीले कुनैपनि गोलि नचलेको जानकारी गरेका छन् ।
घटना भएको केहि छिनमा मात्र एक्कासी घटाना भएको जानकारी पाउदा स्थानिबासी चकित परेको बताए । कुमारको हात टाउकोमा गोलि हानिनुका साथै ठाँउ , ठाँउमा हात भाँचीएको थियो।
पूर्व गृहमन्त्री जनार्दन शर्माले पनि गोलि लागेको कुमारको यसरि हात सबै ठाँउमा कसरि भाचियो यो भिडन्त होइन सत्य तथ्य रिपोर्ट उपलब्ध जनतालाई गराउनुस भनेका थिय। परिवार ५ गतेबाट कुमारको पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छन् ।