जनताको मौलिक अधिकारलाई स्थापित गर्ने सरकारको चाहना उपप्रधानमन्त्री पोखरेल ,,
असार २२ ,नवलपरासी पश्चिम – संविधानमा भएका कमि कम्जोरीलाई सच्याउदै विधि र प्रक्रिया अनुसार आवश्यकता र उचितताको अधारमा संविधान संशोधन गरिने नेपाल सरकारको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बताउनु भएको छ ।
उद्योग बाणिज्य संघ नवलपरासी पश्चिमको ३७ औ बार्षिक साधारणसभाको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आवश्यकतामा अधारित देशभरिमा उद्योग खोल्नु पर्ने मन्त्रि पोख्रेलले बताए ।
सरकार उद्योग चलाउदैन सरकारको नीति भनेको सार्वजनिक सहकार्य निजि क्षेत्रको साझेदारीमा उद्योगहरु खोल्नु पर्ने मन्त्री पोखरेले भने ।
उद्धघाटन सभामा भने संविधान ढुङ्गामा लेखेको अक्षर होइन संविधान भनेको लकिरका फकिर हुदैन । आवश्यकता र औचित्यको अधारमा संशोधन हुने बताए ।
कृषि, उद्योग, उर्जा, पर्यटन र पूर्वाधारको भर र फोकस पारेर जानुपर्ने सरकार केन्द्रीकृत रहेको छ । सरकारको यो आकांक्षित योजनाको ख्याल गरेर प्रस्ताव ल्याई हातेमालो गरेर अगाडी बढने उपप्रधानमन्त्री पोखरेलले बताउनुभयोको थियो ।
उद्योग बाणिज्य संघ सरकारसंग हातेमालो गरेर हिड्ने सस्था भएकोले यसलाई अगाडी बढाउन सरकारले योजनाहरु अगाडी सार्न र समृद्ध नेपाल सुखी नेपाली नारालाई साकार पार्न भुउपयोग निति ल्याई कृषिलाई ब्यवसायिकरण गर्नुपर्ने बताउनुभयो ।
हुलाकी राजमार्गको बजेट, जनता आवास र बीस वटा तराई मधेशको जिल्लाको सदरमुकाम जोडने फोर लेन्थको सडकको बजेट विनियोजन सरकारले गरेको दाबी गर्नु भएको थियो ।
संविधानको व्यवस्था अनुसार शिक्षा स्वास्थ जनताको मौलिक अधिकारलाई स्थापित गर्ने सरकारको चाहना रहेको पोखरेलले बताएका थिए ।
कतिपय नीति, कानुन र संरचनाको निर्माण भएको अवस्था छैन संविधान कार्यन्यवन तथा देशलाई अगाडी यो बनाउन आवश्यक रहेको मन्त्री बताएका थिए ।
सरकारले गरेको प्रतिबद्धता पाँच वर्ष भित्र सम्पन्न हुने विश्वास दिलाउँदै उपप्रधानमन्त्री पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाउनुभयोको ।
सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेल, प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरी राजपको जिल्ला संयोजक मुकुरजी गिरि, सामाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव स्वतन्त्र राजनीतिक समूहको रामानन्द पाण्डे लागएतले मन्तब्य राख्नुभएको थियो ।
अंगद यादव ,नवलपरासी पश्चिम,,