आजदेखि सल्यान देखि सुर्खेतसम्म बस सेवा संचालन ,,

असार २३ , काठमान्डौ – सल्यान सुर्खेत बस सेवा सुरु हुने भएको छ। आज मिति ०७६ /०३/ २३ बाट सल्यानको श्री नगरदेखि खलंगा देखि कुपिण्डे वालुवा संगराही हुँदै सुर्खेत सम्म वस संचालन भएको हो।

टुरिजम सल्यान शारदा याता यात प्रा.लिले यात्रुहरुको मध्यनजर गर्दै उक्त बससेवा संचालनमा ल्याएको हो ।

सल्यान श्रीनगर देखि सुर्खेत सम्म विहान ७ वजे बस छुट्ने छ, भने सुर्खेत देखी सल्यान सम्म दिनको १ वजे बस छुट्ने छ। यो बस सेवाले भने अब सल्यान सुर्खेत सजिलै आवत जावत गर्न सकिने छ ।

सुर्खेत देखि यात्रु सल्यान पुग्न पर्यो भने कि त रुकुम कि त दाङ् हुँदै पुग्नपर्ने बाध्यता थियो ।सल्यानको बालुवा संग्रहि हुँदै कुपिण्डे सल्यान जोड्ने सडक खुलेको लामो समयपछि यो बस सेवा संचालनमा आएको हो ।

यो सेवाले कुपिण्डे नगरपालिका देखि सल्लीबजार सम्मको यात्रु हरु पनि सजिलै सल्यान आवत जावत गर्न सक्नेछन्। ना ५ ख ७७५० नम्बरको पारश , मुना लिड कोचले सल्यान देखि कर्णाली प्रदेश सुर्खेत सम्म यात्रु ओसार पसार गर्ने छ ।