भाच्चीएको हातले गोलि कसरि चलायो कुमार पौडेल प्रकरण ,,
असार २५ , काठमान्डौ – नेकपा विप्लव समुहका सर्लाही ईन्चार्ज कुमार पौडेलको घटना बारे मंगलबार संसदमा गृहमन्त्री बादलले जवाफ दिएका छन् ।
कुमार पौडेलको घटना बारे सांसदको प्रश्नमा लोकतन्त्रको लागि प्रहरीले कुमारमा गोलि चालाएको गृहमन्त्रीले संसदमा जवाफ दिएका हुन् ।
उनले भने छानबिन समितिले पनि दोहोरो भिडन्तमा कुमारको गोलि लागेर हत्या भएको निस्कर्ष निकालेको छ। सत्य तेही हो प्रहरी र विप्लव कार्यकर्ता बीच जम्काभेट हुँदा विप्लवका अर्का कार्यकर्ताले फाएर गरि भाग्दा कुमारले पनि फाएर गरेका थिए जवाफीमा प्रहरीले गोलि चलाउदा कुमारको गोलि लागि मृतु भएको थापाले स्पस्ट पारे ।
हात भाच्चीएको कुमारले कसरि गोलि चलाएछन् भन्ने संसदमा जवाफ भने थापाले केहि बोलेनन् ।सरकार लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ ।
देशमा शान्ति सुव्यवस्था कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा प्रहरीले गोलि चलाएको हो गृहमन्त्री थापाले भने। सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, जनताको जिउधनको रक्षा गर्न सरकारले चदम चालेको बताए ।
यसकै विरुद्द गोलि चलेको समेत थापाले बताए ।गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख विपक्षी कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेसका प्रमुख सचेतक बालृकष्ण खाँडले लोकतन्त्रको रक्षाका लागि गोली चलाइयो भन्नु आपत्तिजनक भएको बताए ।
विप्लव समुहलाई सरकारले प्रतिबन्धित गरेको छ। हाल सम्म सरकारले विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्ने र छोड्ने काम पनि गरिरहेको छ।