suekhet
bheriad

फाटेको जुत्ता युट्युब ट्रेण्डिङमा ,,

lekabesi

सौगात मल्ल र प्रियंका कार्की अभिनित चलचित्र ‘फाटेको जुत्ता’दुई वर्ष पहिले हलमा प्रदर्शन गरिएको थियो ।

सौगात मल्ल र नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र राम्रो हुन्छ भन्ने दर्शक बढी छन् या कम हलमा भने यो चलचित्रले तेती दर्शक पाएको थियन ।

तर गत शुक्रबारबाट युट्युबमा सार्वजनिक भएको यस चलचित्रले राम्रो दर्शक पाएको छ ।चलचित्रपनि युटुबको शिर्ष स्थानमा पर्न सफल भएको छ ।

चलचित्रमा सौगात मल्ल ,प्रियंका कार्की , रवीन्द्र झा, कामेश्वर चौरासिया, अनोज पाण्डे दयाहाङ राई र वर्षा राउत लगायतको मुख्य भूमिका रहेको छ ।

‘अर्जुन कुमार फिल्मस्’को व्यानरमा बनेको यस चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रले २७ लाख भियुज पाएको छ चलचित्र १ घण्टा त्रिपन्न मिनेटको कथा बनेको छ ।