विप्लव समूह आक्रमक प्रहरीलाई लखेटेर गोलि हान्यो एकको मृतु एकजाना घाईते ,,

असार २५ , काठमान्डौ – भोजपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा एक जना प्रहरी जवानको मृतु भएको छ । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जवाफीमा एक जना विप्लव समुहका पनि मारीएका छन् । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो ।

बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् ।

जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो ।खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका ओखलढुंगा इञ्चार्ज हुन् ।

घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । गत ५ गते विप्लव समुहका सर्लाही ईन्चार्ज कुमार पौडेलको मृतुपछी विप्लव समूह आक्रमक देखिएको छ ।

सरकारले विप्लव समुहलाई प्रतिबन्धित गरेको छ । विप्लव समुहको गोलि प्रहारबाट प्रहरी मारीएको यो पहिलो घटना हो ।

घटनास्थल वरपर कडा सुरक्षा सतर्कता अपनाईएको छ । निरन्तर वर्षाका कारण अनुसन्धानमा ढिलाई भईरहेको खतिवडाले बताए ।