suekhet
bheriad

हिरासतबाट भागेका दुई अभियुक्त पक्राउ ,,

lekabesi

असार,२५ काठमाडौं – ललितपुरको भैंसेपाटी प्रहरी प्रभागको हिरासतबाट फरार भनिएका दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने दुई अभियुक्त रुद्रलाल श्रेष्ठ र समशेर माझी छन् ।उनीहरु हिरासतको शौचालयभित्र रहेको ग्रिल काटेर भागेका थिए ।

उनीहरुलाई बौद्धको जम्बु डाँडाबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताए ।

मंगलबार राति प्रहरी हिरासतबाट भागेका ३ जना मध्ये उनीहरु डाँका चोरी मुद्दाका अभियुक्त हुन् भने लागूऔषध मुद्दाका रविकुमार तिम्सिना अझै फरार छन् ।तिम्सिनाको पनि खोजी भइरहेका थापाको भनाइ छ ।

ग्रिल काट्ने ‘ह्याक्सो’ ब्लेड कसले पु‍र्यायो भन्ने विषयमा ललितपुर प्रहरी परिसर, जावलाखेलकी एसपी दुर्गा सिंह नेतृत्वको टोलीले छानविन गरिरहेको छ ।

कार्यरत अधिकृतको लापरवाहीका कारण अभियुक्त भाग्न सफल भएको टोलीको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

करणमा प्रहरी प्रभागका ड्यूटी अफिसर असई, हिरासतका कमाण्डर हवल्दार र राति ड्यूटीमा खटिएका जवान गरी ३ जना निलम्बित भइसकेका छन् ।

अभियुक्र्तालाई भाग्नेमा सहयोग गरेको अरु प्रहरी अधिकृत पाईएमा पनि कारबाही गरिने थापाले बताए। अभियुक्तको बारेमा थप अनुसन्धान भैराखेको छ ।