वीपी कोईराला स्वास्थ्य प्रतिष्ठानका उपकुलपति घुससहित पक्राउ ,,

असार,२६ काठमाडौं – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार
८ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई उपकुलपतिको निवास धरानबाट रंगेहात पक्राउ गरिएको हो ।

‘प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत दुई जनाले सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो’ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

lekbesi