छवि र शिल्पामा भयो यस्तो कुरामा सहमति ,,

निर्माता छवि ओझा र नायिका शिल्पा पोख्रेल बीच दुवैमा सहमति भएको छ ।शिल्पाले श्रीमान् छवि विरुद्द आफुमा घरेलु हिँसा र कुटपिट गरेको उजुरी गरेकी थिईन ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए ।

काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । पाखरेलले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले भने स्थान पाएन।

lekbesi

त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ । छविको कुटाईबाट शिल्पाको कानको जाली फुटेको समाचार बाहिरिएको थियो ।

तर छविले भने आफुले नकुटेको जानकारी गरेका छन् ,छवि ओझाको शिल्पा चौथो श्रीमती हुन् ।छलफल संगै उनीहरुको झगडा यहि समाप्त भएको छ ।