suekhet
bheriad

त्रिभुवन विमानस्थलमा एति एयरलाइन्सको विमान ठुलो दुर्घटना बाट जोगियो ,,

lekabesi

असार,२७ काठमाडौं – अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरलाइन्सको विमान चिप्लिएको छ ।

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर,७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

धावन मार्गमा चिप्लिएको विमानक सबै यात्रु सकुशल रहेको भुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका हुन् ।

विमानमा कति यात्रु थिय भन्ने भने जानकारी हुनसकेको छैन। सकुशल सबै यात्रुलाई हामीले बाहिर निकालेका छौ तिवारीले भने।

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानकाे उडान-अवतरण दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् ।

केहिदिन्देखी लगातार वर्षाका कारण देशैभरका जिबन प्रभावित भएको छ ।वर्षाका कारणले विमान संचालनमा आउँने केहि समय लाग्ने प्रवक्ता तिवारीले रंग दर्पणलाई बताए।