वर्षाको ठाँउ ठाँउमा वितण्डा काभ्रेमा २ को मृतु ,,रंग दर्पण ,

असार २७ , काठमान्डौ – लगातारको वर्खे झरीले देशका विभिन्न ठाँउमा क्षति पुर्याएको छ ।विभिन्न स्थानमा जलमग्न हुँदा यात्रुहरु अलपत्र छन्।

तेस्तै वर्षाले घर पुरिदा काभ्रेमा दुई जनाको मृतु भएको छ। पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ । पहिरोमा पनि अन्य दुईजना घाईते भएका हुन् ।

lekbesi

घाईते सुशीला अनुस्काको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिए ।

तेस्तै वर्षाका कारण त्रिभुवन विमास्थलबाट बाह्य आन्तरिक उडान अबरुद्द छन् ।आज बिहान नेपालगंजबाट काठमान्डौलाई विमान भरेको एति एयरलाईन्सको विमान अवतरणको क्रममा धावनमार्गमा चिप्लीएको थियो ।

मुख्यत तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छन । वर्षाले करिब ११ जिल्ला भन्दा बढी प्रभावित भयको प्रहरीको तथ्याङ्क छ ।

वर्षा संगै हावा हुरी र चट्याङ्ले जनजीबन त्रशित पारेको छ ।तेसैगरी रौतहट गौर पनि जलमग्न भयको छ भने एक दर्जन भन्दा बढी गाँउ डुबानमा छन् ।

चन्द्रपुर नगरपालीका २ स्थित लच्कामा पानी जमे पछि यातायात अवरुद्ध बनेको हो । पानीले साना सवारी साधन बगाउने खतरा बढेपछि कार, जिप, मोटरसाइकल लगायतका साना सवारीलाई रोकेको ईलाका प्रहरीका डिएसपी कवित कटुवालले रंग दर्पणलाई बताए ।

थप समाचारको लागि क्लिक -https://www.facebook.com/rangadarpan1/?ref=bookmarks