
सप्तकोशीमा पानीको बाहब बढेपछि खतराको संकेत ,,
असार २७ , काठमान्डौ – लगातार वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कतारको संकेत गरिएको छ ।
शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।प्रहरीका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थियो ।
बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो ।पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ ।
नदीको किनारमा बस्ने स्थानीयलाई सतर्का अप्नाउन प्रशासनले जानकारी गरेको छ ।शुरक्षाको तयारि रहन प्रसासनले निर्देशन गरेको छ।
पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको ब्यारेज प्रहरीले बताएको छ । पानी बढ्ने क्रम नरोकिएपछि हाल यो बर्षकै उच्च पानी मापन गरिएको हो ।वर्षाले विभिन्न जिल्लाको जनजीबन प्रभावित बनेको छ ।