सुर्खेत डोब ४ का ओबिलाल खत्री गुजरातमा सिकिस्त बिरामी ,,
असार २७ , भारत – नेपाल देखि रोजगारीको सिलसिलामा गुजरात पुगेका ओबिलाल खत्री अचानक बिरामी भई आईसीयुमा अस्पतालमा भर्ना भएका छन्।
साविकको गुर्भाकोट नगरपालिका धारापानी ४ डोब निवासी खत्री केहि महिना मात्र गुजरात पुगेका थिय।
एक्कासी हात खुट्टा नचल्ने समस्या देखिएपछि उनलाई गुजरातको सिविल अस्पतालमा उपचार गरिएको उनका सहकर्मी ओकिल बिकले रंग दर्पणलाई जानकारी गरेका छन् ।

उनलाई चिन्ने सम्पूर्ण आफन्तले आ अस्नो ठाँउबाट सक्दो सहयोगको अपेक्षा समेत गरिएको छ ।
सामाजिक संजालमा सबैको प्यारो बनेका ओबिलाल खत्री भानौकी भन्ने थेगोबाट परिचित छन्।
भोलिमात्र उनको घरबाट खत्रीलाई भेट्न जाने र समय अनुकुल मिलाई नेपाल ल्याउने जानकारी गरिएको छ।चिकित्सक अनुसार अहिले उनीमाथि केहि सुधार भईरहेको जानकारी गरिएको छ ।