सुर्खेतमा सुन चाँदी पसललाई पनि बजेट छुट्याईयो ,

असार २८ , सुर्खेत – कर्णाली प्रदेश सुर्खेतमा आर्थिक वर्ष २०७६/०७७ को बजेट्मा एकजना माननीय मन्त्रीले सुनचाँदी पसल र कपडा धुने दुकानलाइ बजेट छुट्याइ दिनुभएको छ।

प्रदेशमा बजेट बाँड फाँडमा पारदर्शी नभएको भन्दै माननीय सांसद हरुले पनि सरकारलाई घच्घच्याई रहेका छन्।

पर्यटन मन्त्रालय उधोग तथा वन मन्त्रलयको बजेट विनियोजनमा बिना शिर्षकको बजेट राख्दै चालु र पुँजी समेत भनेर छुट्याईएको छैन ।

lekbesi

विकासमा खर्च गर्ने बजेटलाई नातेदार लगाएर सुनचाँदी पसललाई १५ लाख कपडा धुने मेसिनलाई २० लाख किन र के कारणले छुट्याईयो यसको सहि जवाफ संसंदमा दिन पर्ने माग कर्णाली प्रदेश सांसद अम्मर बहादुर थापाले माग गरेका हुन् ।

संसदलाई पनि गाँउ , पंच्यात जस्तोगर्दै अर्थमन्त्रालयले सिलिन दिएको बजेट समेत देखाईएको छैन। तेती मात्र नभई बजेट हिसाबमा गणितीय हिसाब समेत गलत लेख्दै बजेट प्रस्तुत गरिएको थियो ।

सांसदले बजेटको बारेमा छलफल गर्दा सभामुखले समयको ख्याल राख्नु भन्दै गर्दा अन्य सांसदको खित्का उठेको थियो।

श्रमजीवी वर्गलाई नजेत नदिने सरकारले आफ्नो खुसि गर्दै सुन पसललाई कसरि बजेट बाँडीयो यसको ध्यानाकर्षण सभामुखको होस् भन्दै सांसद अमर बहादुर थापाले जोडदार माग राखेका छन्।

मन्त्रालयमा गणित पढेका मान्छे छन कि छैनन

मन्त्रालयमा गणित पढेका मान्छे छन कि छैनन सांसद अम्मर बहादुर थापाको प्रश्न ? https://youtu.be/TNYeUz2ST7U

Gepostet von Sungava Television am Dienstag, 9. Juli 2019