बाढी पहिरोमा परि मृतु हुनेको संख्या ३४ पुग्यो ,,

असार २८ , काठमान्डौ – गत बिहिबारबाट देशभर सक्रिय मौसम अझै सक्रिय छ ।मौसमले गर्दा बाढी पहिरोमा मर्नेहरुको संख्या हालसम्म ३४ पुगेको छ भने वेपत्ताको खोजी कार्य जारी छ ।

बाढी पहिरोले ठाँउ ठाँउमा बाटो अबरुद्द हुँदा यातायात प्रभावित भनेको छ भने वर्षाले करिब ८ घण्टा पछि मात्र त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल सुचारु भएको छ।

सेना, प्रहरी र सशस्त्र प्रहरी डुवानबाट प्रभावित स्थानहरुमा क्षति न्यूनीकरण र उद्दारमा खटिएका छन् । सरकारले देशभरमा २७ हजार ३ सय ८० जना प्रहरी उद्धारमा खटाएको छ।

शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३ जना, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एकएक गरी ३४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एकएक जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

तेस्तै डुबान प्रभावित क्षेत्र महोत्तरीका ५ सय जना र रौतहटमा २ सय जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा गरिएको छ ।तेस्तै सिरहाको कल्याणपुर नपा–६ का कामेश्वर यादवलाई कमला नदीले बगाउदा उनि बेपत्ता छन् ।

उनले कमला नदीमा डुंगा चलाउने काम गर्थे। प्रहरीले उनको खिजी गरिरहेको छ ।लगातारको वर्षाले धेरै ठाँउ डुबानमा परेका छन् ।सबैलाई आ आफ्नो ठाँउबाट राहत र उद्दारको आर्यको लागि जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गरेका छन्।