बाढी पहिरो अपडेट मर्नेको संख्या ४३ ,२४ जना बेपत्ता ,,रंग दर्पण

असार २९ , काठमान्डौ – बढी पहिरोमा परि मर्नेको संख्या ४३ पुगेको छ लगातार वर्षाले देशका १७ जिल्ला भन्दा बढीमा क्षति पुर्याएको छ। बाढीमा परेर २० भन्दा बढी घाईते छन।

बाढी पहिरोबाट एक हजारको उद्दार गरिएको छ। विभिन्न जिल्लाबाट गरि मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ । सयौ बासिसहरु घरबार बिहिन छन् हाल सम्म।

ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

lekbesi

बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् ।

यस्तै सिन्धुली छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् ।

सेना, प्रहरी र सशस्त्र प्रहरी डुवानबाट प्रभावित स्थानहरुमा क्षति न्यूनीकरण र उद्दारमा खटिएका छन् । सरकारले देशभरमा २७ हजार ३ सय ८० जना प्रहरी उद्धारमा खटाएको छ।