suekhet
bheriad

मर्मत पछि एति एयरलाईन्सको विमान संचालनमा आउने ,,

lekabesi

असार २९ ,काठमान्डौ – नेपालगंजबाट काठमान्डौ अवतरण त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लीएको एटिआर,७२ एति एयरलाईन्सको विमान मर्मत पछि संचालनमा आउने भएको छ ।

गत२७ गते नेपालगंजबाट ६६ यात्रु बोकेर काठमान्डौ अवतरण गर्ने क्रममा आन्तरिक धावनमार्गबाट चिप्लीएर घाँसे मैदानमा पुगेको थियो ।विमानले गर्दा ८ घण्टा सम्म आन्तरिक तथा बाह्य विमान उडान अवतरण कार्य स्थगित भएको थियो ।

विमानका यात्रुहरु भने सबै सकुशल रहेका थिए। विमानस्थलका कर्मचारी र सुरक्षा कर्मी मिलेर उक्त विमानलाई घाँसे मैदान बाट सुरक्षित ठाँउमा निकालेका छन् ।विमानलाई अहिले एति एयरलाईन्सका ईन्जिनियरले हेरिरहेका छन् ।

विमानका पाठ पुर्जा परिक्षन गरेपछि मौसम अनुकुल अनुसार विमानलाई संचालनमा ल्याइने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानको मर्मत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पुरा गरेपछि पुनः सञ्चालनमा आउने र विमानमा धेरैनै समस्या भए जहाज निर्माता कम्पनीका इञ्जिनीयर झिकाएर भए पनि विमानको मर्मत गरिने एयरलाइन्सका वरिष्ठ प्रबन्धक भीमराज राईले बताए ।