विदेशबाट फर्केर नेपालमै उद्यमी बनेका ७ जनालाई श्रम मन्त्रीले गरे पुरस्कृत ,,

असार,२९ काठमाडौं – वैदेशिक बाट स्वदेशमा फर्केर केहिगर्नुपर्छ भन्ने मान्यता राख्दै उधमी बनेका ७ जनालाई आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्मान गरेका छन् ।

विदेशमा सिकेको सीप उपयोग गर्दै स्वदेशको अर्थतन्त्रमा योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । दुवईबाट फर्किएर कुखुराको चल्ला उत्पादन गर्ने नवराज पौड्याल उत्कृट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित भएका छन् ।

कान्तिपुर पोल्ट्री ब्रिडिङ उद्योग सञ्चालन गरी ४८ जनालाई रोजगारी दिएका उनी १ लाख रुपैयाँबाट पुरस्कृत भए ।

त्यस्तै दक्षिण कोरियाबाट फर्किएर स्टिल उद्योग सञ्चालन गर्ने दीपक चापागाई, गार्मेन्ट उद्योग सञ्चालन गर्ने मनोजकुमार भारती र गार्मेन्ट उद्योग नै सञ्चालन गर्ने त्रिलोक पनेरु, दुबईबाट फर्किएर पशुपालन तथा तरकारी खेती गर्ने शर्मिला अधिकारीले उद्यमी राष्ट्रिय पुरस्कारमार्फत जनही ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

त्यस्तै दुबई, र मलेसियाबाट फर्किएर अर्गानिक खेती गर्ने निरबहादुर राउत, एकबहादुर सिङताङले संयुक्त रुपमा उद्यमी राष्ट्रिय पुरस्कारमार्फत ५० हजार रुपैयाँ पाएका छन् ।उधमिलई सम्मान गर्दै श्रम मन्त्रि गोकर्ण विष्टले सरकारले युवाहरुको श्रम देश विकासमै लगाउने गरी सरकारले काम गरिरहेको बताए ।

उधमीको मेहनतलाई सरकारले कदर गरेर हौसला बढाइदिएको सम्मानित मध्येकी एक रामलक्ष्मण कृषि फर्मकी सञ्चालक शर्मिला अधिकारीले बताइन् ।

दिनहु बढ्दो वैदेशिक रोजगारलाई न्यूनीकरण गर्न सरकारले युवा युवतीलाई स्वदेशमा विभिन्न कार्यक्रम ल्याएको बताए। साथै रोजगारका अन्य कार्यक्रमहरुपनि तयारि गरिरहेको मन्त्रि बिस्टले बताए।