बाढी पहिरो अपडेट हालसम्म ६५ जनाको मृतु ३० जना बेपत्ता ,,रंग दर्पण,
असार ३० , काठमान्डौ – बाढी पहिरोमा मृतु हुने हरुको संख्या हालसम्म ६५ पुगेको छ ।अविरल वर्षका कारण नेपालका विभिन्न जिल्लामा आज बिहानको तथ्यांक अनुसार ४१ पुरुष र २४ महिला गरि ६५ ज्यान गुमईसकेको प्रहरीले जानकारी गरेको छ ।
बाढी पहिरोमा परि अझै ३० जना बेपत्ता छन्, ति मध्ये विभिनन जिल्लामा गरि १२ पुरुष र १८ महिला रहेका छन्। बाढी पहिरोमा परेका १४४६ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ भने ३८ जना घाईते रहेको प्रहरीले आफ्नो तथ्याङ्कमा उल्लेख गरेको छ ।
बढी पहिरोले देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित पारेको छ ।पहिरोले सडक अबरुद्द हुँदा छोटो तथा लामो दुरीका यात्रा प्रभावित बनेको छ ।बाढी पिडितलाई सुरक्षा दिन र राहात उपलब्ध गराउन नेपाल सरकार समाजसेवी आ आफ्नो ठाँउबाट लागिपरेका छन् ।भने पिडितले राहत नपाएको समेत गुनासो गरेका छन् ।
तेस्तै बाढी र डुबान क्षेत्रमा सरकारले हेलिकोप्टरबाट खाद्यान्न र औषधी पठाउन थालेको छ । गृह मन्त्रालयका अनुसार धनुषाको जनकनन्दिनी गाउँपालिकाको ९ वटा बस्तीका लागि हेलिकोप्टरबाट खाद्यान्न र औषधी ढुवानी भएको छ ।
तेस्तै सर्लाही, सिरहा, महोत्तरी र रौतहट जिल्लाको बाढी र डुवान प्रभावित क्षेत्रमा हेटौंडाबाट त्रिपाल ढुवानी भएको छ भने सप्तरीमा इटहरीबाट त्रिपाल लगेर वितरण गरिएको छ ।