कुलेखानीको पानिको सतह बढ्दै गयो सतर्क रहन आग्रह ,,

असार ३० , काठमान्डौ – निरन्तर वर्षाका कारण कुलेखानी जलविधुत आयोजनाको जलाशय दिनहु बढ्दै गएपछि खतराको संकेत गरिएको छ।

साेमबार बिहान सम्म जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेकाे छ । केहिदिन देखि सक्रिय मौसमले थाहा नगरपालिका क्षेत्रमा अत्यधिक पानि परेको छ ।

आज बिहान सम्म एक्कासी पानीको सतह ५ बढेको छ । २०७२ वैशाख १२ को माहभुकम्प र निरन्तर पराकम्पन्नले कुलेखानीको ड्याम चर्कीएको छ ।

lekbesi

कुलेखानीको जलाश्याको अधिकतम क्षमता भनेको १ हजार ५ सय ३० मिटर हो। भूकम्पले ड्याम चर्कीएपछि १,५२७ मिटर पानि संकालन गर्ने सुझाव दिएपनि अहिले प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिदै गएको आयाेजनाले जानकारी गरेको छ।

पानीको सतह बढ्दै गएको हुनाले कुलेखानी सतहको पानि खोल्न सक्ने हुनाले तल्लाे तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन विद्युत प्राधिकरणले जानकारी दिएको छ। कुलेखानीमा दुई वर्षा यता पानि भरिएको यो पहिलो रेकर्ड समेत प्राधिकारणले जनाएको छ।