suekhet
bheriad

सरकार र विप्लवबीच गोप्य वार्ता विप्लव भन्छ राज्य व्यवस्था खारेज हुनपर्छ ,

lekabesi

असार ३० , काठमान्डौ – सरकारले प्रतिबन्धित गरेको सतारुढदल नेकपा विप्लव र सरकारबीच अनौपचारिक ढंगले वार्ता सुरु भएको छ ।

नेकपाका महासचिव विष्णु पौडेल लगाएतका नेताहरु विप्लव समूहसँग अनौपचारिक सम्पर्कमा पुगेको नेकपा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै महासचिव पौडेललाई विप्लव समूहसँग वार्ताका लागि खटाएको स्रोतले जनाएको छ ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड निकट स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा पनि विप्लव समूहसँग अनौपचारिक सम्पर्कमा रहेको बताइएको छ ।नेकपाकै अर्का नेता तथा तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे पनि विप्लव समूहसँग सम्पर्कमा छन् ।

विप्लव समूहसँग भएका अनौपचारिक वार्ताबारे सोमबार बिहान नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच भएको भेटवार्तामा समेत छलफल भएको बताइएको छ ।

देशद्रोहीको मुद्द्दा लागेका सिके रावतलाई पनि वार्तामा ल्याउने काममा केपी ओलीले महासचिव बिष्णु पौडेललाई खाटाएका थिय सरकारको गोप्य वार्ता बसेको समितिका अनुसार विप्लवका माग पुरा गर्न नसकिने बताईएको छ ।

वार्ता श्रोतका अनुसार विप्लवले यो संबिधाननै नमान्ने जानकारी गरेको हुनाले वार्ता सफल नहुनसक्ने बताइएको छ ।विप्लवले पक्राउ गरिएका आफ्ना सबै कार्यकर्तालाई रिहाईको माग गरेपछि वार्तामा आउने विज्ञाप्ति पनि निकालेको थियो ।

विप्लवले यो राज्य व्यवस्थानानै नमान्ने भनेपछि वार्ता परिमाणमुखी हुन नसक्ने एक नेता बताउछन तर विप्लव समूहले हिंसा त्यागेर हतियार नबुझाएसम्म बन्दी रिहाई र मुद्दा फिर्ता लगायतका माग पुरा गर्न नगर्ने सरकारले बतँएको छ ।

विप्लव समूहको रणनीति पक्राउ परेका नेता कार्यकर्ता छुटाउने र खुला गतिविधि गरेर शक्ति आर्जन गर्ने हुन सक्ने भन्दै यसमा फस्न नहुने सुझाव आएको स्रोतले जनाएको छ ।

विप्लव समूह र सरकारबीच दोहोरो भिडन्त हुने गरेको छ ।विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेल मारीएपछि विप्लव समूह झन् आक्रोसित बनेको छ ।

तेस्तै काठमान्डौमा विप्लवले गरेको बम बिस्फोटमा ४ जनाको मृत्यु भएको थियो ।भने भोजपुरमा एक प्रहरी मारीएका छन् साथमा विप्लव समूहका नेता पनि मारिएका छन् ।