पार्टी एकताबारे आजै टुँगो लाग्छ ,प्रचण्ड ,,

असार ३१ , काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पार्टी एकताका बारेमा आज छलफल भयको छ।

लामो समयदेखि रोकीएको पार्टी एकताको बाँकी सबै कामले पनि आजै टुंगो लगाउने द्वय अध्यक्षले बताएका छन् । दुई अध्यक्ष प्रचण्ड ओलीले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति आजै जुटाएका हुन् ।

अध्यक्षद्धयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए । छलफलमा गरिएका निर्णयलाई छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्ने महासचिव विष्णु पौडेलले बताए ।

दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै दुई अध्यक्षले सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।