Gold

डलर’ को मोहमा पर्दा कागजको टुक्रा मात्र दुई लाख स्वाहा ,,

Naumule Migrate

रंग दर्पण १८ फागुन, काठमाडौं : अमेरिकी डलर पाउने लोभमा पर्दा एक जनाले २ लाख रुपैयाँ गुमाउनु परेको छ । अमेरिकी डलर भएको पोको दिन्छु भन्दै भनेर एक युवकले देखाएको प्रलोभनमा फस्दा धादिङ निलकण्ठ नगरपालिका–२ का ३४ वर्षीय राजकुमार थापा मगर ठगिएका हुन् ।

सोनाम तामाङ च्याम्बा नाम बताउने व्यक्तिले ५० हजार युएस डलर दिन्छु भनी झुक्याएर रुमालभित्र कागजको टुक्रा पोको पारी दिएर उनीसँग भएको दुई लाख रुपैयाँ लिएर फरार भएको भन्दै मगरले प्रहरीमा उजुरी दिएका छन् । ठगी गर्ने व्यक्ति फरार छन् । थप अनुसन्धान भइरहेको छ ।

Naumule Badhipahiro