suekhet
bheriad

बाढी पहिरोबाट मृतु हुनेको संख्या ७८ पुग्यो ३२अझै बेपत्ता खोजि तिब्र ,,

lekabesi

असार ३१ , काठमान्डौ – देशभरी परेको अविरल वर्षाले मृतुहुनेको संख्या ७८ पुगेको छ भने ३२ जना अझै बेपत्ता भएका छन्।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले बताए ।
जसमा ४० जना घाईते छन् ,घाईते लगायत अन्य पिडितलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण तीव्र पारिएको उनले बताए ।

बाढी र पहिरो बाट हालसम्म ३२ जिल्ला प्रभावित छन् भने अझै देशमा आंशिक रुपमा वार्हा हुने जल तथा विज्ञान महासखाले जनाकारी गरेकोछ ।स्थानिय , प्रदेश र केन्द्र सरकारले पिडितलाई राहत जुटाउने काम तिब्र रुपमा गरिरहेको छ ।

बाढी पहिरोले विभिन्न जिल्ला क्षेत्रको सडक अबरुद्द भयपछि जनजीबन प्रभावित संगै यातायात ठप्प थिय ।अब भने बिस्तारै संचालनमा आउने गरेको जानकारी गरिएको छ। बाढी पहिरोले तराईका अधिकांस जिल्ला डुबानमा परेका छन्।