Simta
Gurvakot
Gurvakot

भारतीय बाँधले नेपाल डुबेको होईन गृहमन्त्री थापा ,,

साउन १ ,काठमान्डौ – भारतले बनाएको बाँधका कारण नेपाल डुबानमा नपरेको गृहमन्त्री थापा बादलले बताएका छन्। नेपालले सहि बाँध र तटबन्धन नबनाएकै कारण नेपाल डुबानमा परेको थापाले बताए ।

गत बिहिबार बाट देशभर परेको अविरल वर्षाले तराईका जिल्लाहरु डुबानमा छन् ।वर्षा हुँदा सिमा क्षेत्रमा भारतले बनाएको संरचना तथा बाँधकाका ढोकाहरु नखोल्दा तराईका जिल्लाहरु डुबानमा पर्ने गरेको स्थानिय बासि र अधिकारिहरु बताउछन ।

तर गृहमन्त्री थापाक अनुसार भने आफुले यो सम्बन्धि भारत संग कुरा गरेको र यो समस्या नेपालकै भएको थापाले दाबि गरे ।नेपाली तटबन्धहरुलाई २५ वर्षदेखि मर्मत सम्भार नगरिएकै कारण नेपाली भू-भाग डुबानमा पर्ने गरेको राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झाले पनि दावी गरे ।

lekbesi

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले विपद् व्यवस्थापनका लागि प्राधिकरण गठन गर्ने बताए ।चुरे विनाशले मधेसमा अत्याधिक बाढी आउने गरेको भन्दै उनले चुरे संरक्षणमा जोड दिन सबैसँग आग्रह गरे ।

Simta

बढी र डुबानले प्रदेश २ मा सबैभन्दा बढी क्षति गरेको छ ।चुरे विनाशले मधेसमा बाढीले बढी क्षति पुर्‍याएको देखिन्छ स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भने ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित झन्डै आधा दर्जन मन्त्रीसहित बुधबार प्रदेश २ को बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन्। गृहमन्त्री थापाले दैवीप्रकोप व्यवस्थापनका लागि सरकारले छिट्टै प्राधिकरण गठन गर्न लागेको जानकारी दिए।

प्राधिकरण गठनका लागि नियमावली बनिसकेको छ थापाले भने विपद्को बेला तत्कालै उद्धार, राहत र अन्य कामका लागि पहाड र तराईमा हेलिकप्टरको बन्दोबस्त मिलाउने सरकारको सोच रहेको पनि थापाले बताए।

बढी डुबानमा परि हाल सम्म ७८ जनाको मृत्य भईसकेको छ भने ३२ जना अझै बेपत्ता छन् ४० बढी घाइते छन्।