suekhet
bheriad

गायक प्रमोद खरेल सदभावना दूत नियुक्त ,,

lekabesi

साउन,२ झापा- गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सदभावना दूत नियुक्त गरेको छ ।

चर्चित गायक प्रमोद खरेल जन्मेको ठाँउमा सद्भावना दुत नियुक्त गर्ने गाँउपालिका अध्यक्ष अञ्जार आलमले बताए ।खरेललाई चौथो गाउँसभाबाट सदभावना दूत नियुक्त गरिएको हो।

सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि रु ४७ करोड ६० लाखको बजेट पारित गरेको सो गाउँपालिकाले बनियानी स्वास्थ्य केन्द्रमा मिर्गाैला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न एक करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको पनि अध्यक्ष आलमले जानकारी दिए ।