धनकुटा तनावग्रस्त प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान

काठमाडौँ — सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ । केही सातादेखि प्रादेशिक राजधानी को माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भइरहेको छ। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले थुप्रै राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शन उग्र बन्दै गएपछि थप सुरक्षा बल तैनाथ गरिएपनि नियन्त्रणमा भने आउन सकेको छैन।

प्रदर्शनकारीले क्षेत्रीय कार्यालयमा, डिभिजन कार्यालय लगायतका सरकारी कार्यलयमा आगजनी गरेका छन्। उप प्रशासक सवन्तराज दाहालक्वार्टरमा माथि बसिरहेकोबेलामा प्रदर्शनकारीले आगजनी गरेका थिए। प्रहरीले उनको सकुशल उद्धार गरेको छ। यस्तै उनीहरुले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि तोडफोड गरेका छन्।

lekbesi

प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गर्नुका साथै एम्बुलेन्समा पनि तोडफोड गरेका छन्।