suekhet
bheriad

बाढी पहिरोमा परि ९० जनाको मृतु अझै २९ जना बेपत्ता ,,

lekabesi

साउन २ ,काठमान्डौ – बाढी पहिरोमा परि हालसम्म देशभर ९० जनाको मृतु भयको छ भने २९ जना अझै बेपत्ता छन् ।गत साता देशै भर परेको अविरल वर्षा र बाढीमा परि करोडौको क्षति संगै जनजीबन प्रभावित भएको हो।

बाढीले धेरै जस्तो प्रदेश २ को जिल्लाहरु डुबानमा परेका छन्। हालसम्म १ हजार भन्दा बढीको उद्दार गरि सुरक्षित ठाँउमा राखीएको छ भने ४१ जना घाईते छन् ।

हिजो मात्र सरकारको उच्चस्तरले बाढी पहिरोको निरिक्षन गरेको छ ।जसमा गृहमन्त्री राम बहादुर थापा बादल , स्वास्थ्य मन्त्रि उपेन्द्र यादव ,पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पुर्व प्रधानमन्त्री शेर बाहदुर देउवा लगायतको टिमले बाढी पहिरोको निरिक्षन गरेको छ ।

बाढी पिडितका लागि सरकार राहतको लागि जुटिरहेको छ। बर्षा अहिले कम भयको हुनाले पिडित हरुलाई राहतको लागि सहज हुने निरिक्षन टोलीले जानकारी गरेको छ ।

गृहमन्त्री थापाले दैवीप्रकोप व्यवस्थापनका लागि सरकारले छिट्टै प्राधिकरण गठन गर्न लागेको जानकारी दिए।जसको लागि प्राधिकरण गठनका लागि नियमावली बनिसकेको पनि गृहमन्त्रीले बताएका हुन्।

तराईमा भारतको बाँधले बाढी आएको स्थानीय र स्थानिय प्रमुखले जानकारी गरे पनि नेपालले सहि तबन्धन गर्न नसकेकोले नेपालकै कारणले बाढी र तराई देखि विभिन्न जिल्लामा डुबान हुने गरेको थापा बादलले बताएक थिय।

साथै चुरे विनाशले मधेसमा बाढीले बढी क्षति पुर्‍याएको निरिक्षन टोलीले जानकारी गरेको थियो।